जब सुर्यलाई एक ताराले ठक्कर दियो तब सुर्यबाट धेरै टुक्राहरु छुटीन गए त्यसबाट ९ वटा ग्रह तथा अन्य उपग्रहहरुको उत्पति भयो । हजारौं बर्ष पछि नौ ग्रहहरु मध्य पृथ्वी एक त्यस्तो ग्रह बन्यो जुन हालको पृथ्वी भन्दा एकदमै भिन्न थियो । जव पृथ्वी सेलाउदै गयो तब तापवाट सेलाउदै गएको पृथ्वीबाट वाफहरु आकास तर्फ आकासीन्थे तब बिस्तारै वायुमण्डल को साथै अन्य पद्धतीमा पनि सुधार हुन थाल्यो र पृथ्वीको छुट्टै बायुमण्डल बन्न पुग्यो ।
पृथ्बीले वाफ निकाल्न थालेकाले बादलहरुले पृथ्वी ढाक्दथ्यो र पानीको वर्षा सुरु हुन थाल्दथ्यो पृथ्वीमा जति पानी पथ्र्यो झन पृथ्वी सेलाउदै जान्थ्यो र झन बाफ उड्न थाल्दथ्यो एबम् रितले पृथ्वीमा पारिस्थीतीक प्रणालीमा निकै सुधार आयो पानीहरु केही उकालो बाट ओरालो बग्दा आफ्नो आफ्नो बाटो बनाइ बग्न लागे र करोडौ वर्षपछि ठुला ठुला पहाडहरुको निर्मार्ण हुन पुग्यो । यसै सिलसीलामा पानीमा बस्ने एककोषीय जीब तथा पानीमा उम्रने विरुवाहरुको उत्पति भयो र कालान्तरमा बहुकोषीय जिव तथा डाइनोसरहरुको उत्पति भयो र अन्य हिम्स्रक जिवहरुपनि ।हालको प्राणीहरुको उत्पति हुन पृथ्वीले धेरै बर्ष पर्खनुपर्यो र हाल पृथ्वीमा देखिएका सम्पुर्ण जिवहरुको उत्पति हुन पुग्यो । यसै सिलसिलामा बादरको उत्पति भयो । र त्यसैको एक जातलाई मानबको संज्ञा दिइयो । जुन हालको बादर भन्दा केही बिकसीत थियो । तात्कालीन मानवको मस्तीष्क एक दमै अविकसीत थियो ।
उनिहरु आफु बाच्नको लागि अरु मार्न पनि तयार थिय । न त वनका गिठा भ्याकुर वाँकी राख्थे न त कुनै पनि प्राणी सबै उनिहरुको आहारा हुन्थे । समय वित्दै गयो उनिहरुले आफ्नो स्वार्थको लागि अरुको आबस्यकता महसुस गरे । र समुहमा बस्न थाले समुहमा बस्देै एक अर्का प्रति माया बस्न थाल्यो र हुदाँ हुदै मानिस अब आफ्नो आफ्नो परिवार वनाएर मिलेर बस्न थाले । मानिसले आफ्नो खाना जुटाउन सहज हातहतियारहरुको कल्पना गर्न थाले । काठ तथा ढुंगाको हतियार र ओडारको घरमा बस्ने हुनाले यसै युगलाई ढुंगे युग भनिन्छ । यस अघि मानिसले आफ्नो अंग आफ्नो वोलीचाली र व्याबहारलाई केही महत्व राख्दै नथे तर पछि जब मानिस समुहमा बस्न ्थाल्यो तब मानवले आफ्नो लबाइ खवाइलाई केही महत्व दिन थाल्यो र रुखका वोक्रा तथा पातहरुले आफ्नो गोप्य अंगहरु छोप्न थाल्यो ।
चट्टान फोर्दा निस्केको आगोको झिल्काले आगोको उत्पति गर्यो । र अव मानिसले पसु मारेर पोलेरै खान थाले ।समय वित्दै गयो मानिस समाजमा बस्न थाल्यो र यसैकारण मानबको विकासमा तिव्र परिबर्तन हुन थाल्यो । अब सारिरीक अंग ढाक्न रुखका वोक्र नभएर जनावरका छाला तथा वनका भुवादार बस्तुहरुको कपडा वनाउन सफल भए । बिस्तारै कपडाको विकास हुन थाल्यो । ओडार छाडेर वनका काठबाट घर वनाएर उनिहरु बस्नथाले । आफुहरु एउटै ठाउमा बस्न अनुकुल ठानी ४।५ घर मिलेर एउटा मुखिया चुनी राख्ने गर्न थाले जसको कारण गाउमा राम्ररी कार्य गर्न सकियोस यसैको प्रभाबले राज्यहरुको निर्माण गर्न थाले र मानब अब एक चेतन सील प्राणीको नामले चिनीन लाग्यो । अब कपडामा पनि आमुल परिबर्तन आयो आर्थिक क्रान्ति हुन थाल्यो र कपडा बुन्ने मेसीनहरु बन्न थाले । सन् १६०० सम्ममा कपडाहरु को बिकासमा तिब्रता छायो हुदै्र जादा सन् २००० सम्ममा पृथ्वी उतर आधुनिक युगको नामले प्रख्यात बन्न पुग्यो ।
कपडाको आमुल परिबर्तनले मानिसले आफ्नो पुरै सरिर ढाक्ने कपडाहरु लगाउन थाले । तर अपसोचको कुरा के भने एसरी कपडाको अझै राम्ररी बिकास हुन नपाउदै मानिसले विस्तार विस्तार कपडाको लम्वाइ घटाउन थाल्यो समयक्रमसंगै कपडा उद्योगहरु चल्न थाले ५ बर्ष अगाडी बनेको कपडा पनि बन्न छाड्यो । मानिसले मानिसकै रिस गर्नथाले आफु बाच्न अरुलाई समेत मार्न तयार भयो मानिस । जनसंख्याको तिब्र बृद्धीले भोकमरी मच्चिन थाल्यो । महामारी फैलीन थाल्यो । दाइभाइ बिरुद्ध मत भेद, स्वार्थीपन, अहमता, आफन्त उकास्ने सासक तथा नेता , गुटको बिकाश, आफन्त बीच फुट, माता पिता तथा छोरा छोरी विचको फाटो, साधनको दुरुपयोग र अन्य आधुनिक साधनबाट मानब अल्छि स्वार्थी र मुर्ख बन्दै जान थाल्यो । कपडा घट्दै जान थाल्यो । फेसन प्रतियोगीताहरु हुन थाले । टि.भी तथा कम्प्युटरले फेसनमा तहल्कानै मचाइदियो । यसैले कपडाको स्वरुपनै परिवर्तन हुन थाल्यो । केटाका पाइन्टहरु केटीमा सर्यो । केटीले लगाउने टपहरु केटामा सर्यो केटाको पाइन्ट तल तल झर्यो, मोवाइल बाटै लब पर्यो , केटीको फ्रक पनि अब मिनीस्कटतिर झर्यो । तर यो कुरा पनित धेरै दिन सम्म टिक्न सफल भएन । २ इन्चको मिनिस्कट र २० ठाउमा भ्यांग परेका पाइन्टहरु तथा इस्पाइडर भेष्टहरुको उत्पति भयो ।सिनेमामा देखीने नांगो फेसनले जुनकुनै स्त्री तथा पुरुषहरु कामुक देखिन थाले । बाहीर समाजमा पनि त्यस्तो फेसन सामान्य जस्तो हुन थाल्यो । मोवाइलबाट लभ, इन्टरनेटबाट जब, चिटबाट रर्फ मम पनि बफ हुन थाल्यो कोठाबाट बाहीर आउन पनि बिद्युत भर्यांगको प्रयोग हुन थठाल्यो र ५ निेट टाढा पनि अटो मोवाइलहरुको प्रयोग हुन थाल्यो । र मानिस हिड्न समेत विर्षलानकी भन्ने डर हुन थाल्यो । जब एक लाचार महिला वा पुरुषले प्रचलनमा ल्याएको फेसन अरुकोलागि पनि सहीय हुन थाल्यो । प्रत्यक दिन कपडाको लम्वाइ १ इन्चको दरले घट्न थाल्यो तब मानिसहरु जे मनमा आउछ त्यहीगर्न तथा बोल्न लागे । यसरी मानब मस्तीस्कमा हस आउन लाग्यो । प्रयेक एकान्त कुनामा मानिसको लास देखिन थाल्यो बाबु छोरा बिच पनि युद्ध चल्न थाल्यो यसरी मानब परिबार बाट पनि छुट्टै बस्न थाल्यो एक मानबलाई अर्को मानब बिच कुनै सम्बन्ध पनि रहन सकेन र मानबले मानबको अस्त गर्न छाड्यो । नाता सम्बन्ध तथा साथीको नाता पनि टिक्न सकेन फसनकै कारण दाजु भाइ तथा नाता सम्बन्धमा पनि यौन सम्बन्ध जोडीन थाल्यो को पराइ को आफ्नो भन्ने कुरा मानबले छुट्याउन सकेन र सामाजिकीकरणमा पनि असर पुग्यो र समाजको पनि पतन भयो ।यो कुरा सन् ३००० सम्म रहन गयो । मानब फेसन भन्ने कुराको फे र कपडाको क पनि बाकी रहेन किनकी यस ताका न त कपडा बनाउने उद्योगनै थियो न त मानिसको कुनै चेतना । किनकी फेसनकै कारण ३ट्दै गएको कपडाको लम्वाइ धागोमा सिमीत भएर पनि फुकालीइ सकेके थियो । उत्तराधुनिक मानब सम्पुर्ण कार्यहरु रोबर्टबाट गर्न थालेको हुनाले आफु केही नगरी बस्दथ्यो ।यसैकारण औजारहरुको पनि विनास हुन पुग्यो । पृथ्वीमा खनिज इन्धनको अभाब हुन थाल्यो यसैकारण यातायात तथा अन्य साधनहरु उड्न तथा गुड्न छाडे । यसैकारण सहरका महलबाट रातो पजेरोमा गुड्ने नेताहरुको भाषण पनि रेडीयो तथा टिभि बाटै सम्भब हुन थाल्यो । मानब यति बेकामको बन्यो की न त उसको सरिरमा कपडा रहो न त मस्तिस्कमा कुनै चेतना । यसैकारण मानब ढुंगे युगमा पुग्न सफल भयो तर तात्कालीन ढुंगे युग र आधुनीक ढुंगे युगमा तीन फरक छन्
१. पारीस्थीतीक प्रणाली
२. स्रोत र साधन
३. मानब चेतना तथा जनसंख्या

अबत जनसंख्या वृद्धीका कारण पृथ्वीमा थुक्ने ठाउ सम्म पनि भएन । अनेक थरिका सरुवा रोगहरुको महामारी फैलन थाल्यो एक लामाथी अर्को लास देखिन थाल्यो । त्यसको लगतै ४००० वर्ष पछाडी मानब तथा सम्पुर्ण जिव अस्तीत्व विलाएर गए त्यो नै चार युगको अन्तिम युग थियो त्यसैले त्यो नै कलि युग थियो प्राणीहरुको अब जिवावशेष मात्र रहन गयो त्यसबेला मैले लेखेको यस लेखको पनि समाप्त हुन पुग्यो । मेरो यो लेख समेत अबसेषबाट निकाल्दा पनि अस्पष्ट हुने हुनजाले म लेखक स्वयमको युग समाप्त हुन पुग्छ
linA Stirist

.jpg)
0 comments:
Post a Comment