नार्कोनन नेपाल अर्थात क्बथ ल्य त्य म्चगनक का संस्थापक बसन्त कुँवर हुन् । उनले लागु औषधीको दूव्यसनीहरुलाई कसरी बचाउनुपर्छ र कसरी बाँच्न सिक्नुपर्छ भन्ने कुराहरु यस नार्कोनन नेपालमा गर्दै आएका छन् । लागु औषधी चिकित्सकको रायबिना लिनु मानिसका लागि ज्यादै हानिकारक हुन्छ । यसको कुलतमा फस्नु भनेको आफ्नो अमूल्य जीवनलाई मृत्युसम्म पु–याउनु हो । आज नेपालमा करिब १ लाख ५० हजार भन्दा बढी लागु औषधी दुव्यसनीहरु रहेको छन् । कक्ष ७ —१२ सम्म पढ्ने बिद्यार्थीहरु बढी रहेको नार्कोनन नेपालको तथ्याङ्कबाट देखिएको छ । यस बाट बिद्यार्थीहरुको अध्ययन अगाडि बढाउन र सफल जविनयापन गर्न असमर्थ भएका छन् । हाल आएर प्रत्येकका घर–घरमा, कलेज, क्याम्पस, स्कूल, पाखापखेरा, पाटीपौवा, सुनसान ठाउँमा बसेर तपाइ हामीलाई थाहा नपाउने गरी लागु औषधी दूव्र्यसनमा लाग्दै आएको पाइन्छ । कुलतमा फसेका दूव्र्यसनीहरुलाई गचष्लभ तभकत ले म्चगनक खाएको छ कि छैन भनेर पत्ता लगाउने काम गर्दछ । कतै तपाइको छोराछोरीले त लागु औषधीको दूव्यसनीमा लागेको छैन ? त्यसैले नार्कोनन नेपालले प्रकाशन गरेको क्अजयय िध्ष्तजयगत म्चगनक, त्भल(त्जष्लनक द्यययप किनेर पढ्न लगाउ । लागु औषधी प्रदार्थमा १०—१८ सम्मका किटाणु देखा परेका छन् । यसमा बढी जसो साथी तथा दांैतरीको संगत, लागु औषधी बेचविखन जस्ता कारणबाट यूवायूवती लागू औषधी दूव्र्यसनमा फस्दै आएको नार्कोनन हेल्प लाइनले पत्ता लगाएको छ ।
नार्कोनन नेपालका अनुसार लागु औषधी लिने जुनसुकै व्यक्ति दुब्लाउँदै जाने विशेष गरि त्यस सेवन गर्ने व्यक्तिको तल्लो भाग हिपहरु दूब्लाउने, राति अबेर सुत्ने र बिहान धेरै अबेरसम्म सुत्ने, मनलाग्दी गर्ने, डराउने, थर्कायने, पढ्न मन नलाग्ने, फोहरी हुने, एकान्तको ठाँउ रोज्ने, कहिले काँही बढि रिसाउने, रुने, परिवारको वास्ता नगर्ने, घरमा बुबा—आमासँग दिनहँु पैसा माग्ने, नदिए चोर्ने, क्यासेट, डेक ठूलो स्वर पारेर बजाउने, गाँजा, भाङ धतुरो, सिरिङजहरु साथमा भेटिने, काम ज्वरो आउने, शरिरभरि बिबिरा आउने, एच.आई. भि, हेपाटइटिस अल्सर देखा पर्ने, आँखाको घेरा वरिपरि कालो हुदैँ जानु आदि दूव्र्यसनबाट लागेका व्यक्तिहरुलाई पहिचान गर्ने लक्षणहरु हुन् । यस्तो सेवनमा लाग्ने बढी मात्रामा धनी बुबा–आमाका छोराछोरीहरु लागेको पाइयो । जति भन्यो त्यति पैसा दियो, किन चाहियो भनेर नसोधिनाले पनि म्चगनक मा संलग्न भइरहेका हुन्छन् । घरमा धेरै जसो झगडा हुने, बाइक, मोबाइल चाहियो भन्ने, सान देखाएर हिड्ने, बाटामा हिड्ने केटिहरुलाई जिस्काउने, हातपात गर्न खोज्ने, यस्ता दुव्र्यसनीहरुलाई ठिक पार्न तपाई हाम्रो माझ नार्कोनन नेपालले सहयोग गर्दै आएको छ । नार्कोनन नेपाल संसारको ज्यादै सफल नार्काेनन प्रविधि अपनाई उपचार तथा पुनरस्थापन सेवा दिने दक्षिण एसियाली एकमात्र ठूलो संस्था हो ।
नार्कोनन नेपालमा दूव्यसनीमा लागेका व्यक्तिहरुको पुर्नरजीवन पाएको छ र पाइरहन्छ । एल.रन हण्र्डस भन्ने मानवशास्त्री तथा दार्शनिकले तयार गरेका नार्कोनन पाठ्यक्रम अनुसार ज्ञान दिइन्छ । जस्तो सुकै लागु औषधीमा फसेर छोड्नै नसकिने व्यक्तिहरु यस नार्कोननमा आएपछि दूव्यसन मुक्त उत्पादन भई समाजमा स्थापित भएको छ । त्यसैले कतै तपाई हाम्रो वरिपरी, घरभित्रै त्यस्ता लागु औषधी प्रयोग गरिराखेको त छैन ? बेलैमा यो समस्या पहिचान गर्न सकिएमा ठूलो क्षतिबाट हामीहरु आफ्ना परिवार, समाज, देशलाई बचाउन सक्नेछौं । त्यसैले लागु औषधीको दूव्यसनबाट आफु बाँचौ र अरुलाई पनि बचाआँै भन्ने नार्कोनन नेपालको धारण छ । अन्तिममा भन्न चाहन्छु सबैलाई क्बथ ल्य त्य म्चगनक।
Rita Tamang
GAMC
B.A 1st year
नार्कोनन नेपाल
Info Post
0 comments:
Post a Comment