Breaking News
Loading...

शनिवारको मजा बेग्लै
- हरिचन्द्र पौडेल 
अफिसमा काम गर्नेहरु वा स्कुल, कलेजमा पढ्नेहरुलाई शनिवारको निकै ठूलो महत्व हुन्छ । हप्ता भरी वन्धनमा परेकाहरु यस दिन आफुहरु फुक्का भएको महसुस गर्दछन् । शनिवारको दिन  बिहानै उठेर नुहाइ धुवाई गर्ने मन्दिर जाने र घरमा आएर खाना खाएपछि साथीहरुसंग भेटी रमाइलो गर्ने गर्दछ त कति आफ्नो स–परिवार सहित घुम्न जाने वा आफन्तको घरमा  जाने काम पनि यसै दिन गर्ने गर्दछन् ।  प्रयाः यस दिन काम गर्नेहरु निकै कम नै हुन्छन्।
       विशेष गरेर लभ अफेयर चलिरहेका जोडीहरुका लागि शनिवार स्पेसल डे बन्न पुग्छ ।अघिल्ला दिनहरु मै उनीहरुले प्लान वनाई सकेका हुन्छन् की आफुहरु त्यस दिन अली नौलो ठाउँमा घुम्न जाने र रोमान्टिक खाले गफहरु गनुर्पछ भनेर । अनि आफ्ना गल्फ्रेडहरुलाई म्यासेज पठाउँन थाल्छ, तिमीलाई म शनिवार स्पेसल ठाउँमा लैजान्छु ल.... उताबाट पनि केटीले उत्सुक्ताका साथ म्यासेज पठाउँछिन्  कुन ठाउँमा लान्छौँ नी.....। शनिवारको स्पेसल ठाउँमा आफ्नो बवाईफ्रेडसंग जान  आतुर बनि शुक्रवार वेलुका ओछ्यानमा पल्टे पछि केटीले मिस्कल  गर्दछिन् उताबाट केटाले फोन गरिहाल्छ अनि लामो समयसम्म गफ हुन्छ । केटाले निकै केटीको प्रसम्सा गदै गफ गर्न थाल्छ । केटी  मख्ख परी सिरोकमा गुटमुटिएर खिसी खिस्सी.... हास्छीन् । निकै लामो समय सम्म गफ भएपछी मोबाइलमा ब्यालेन्स सकिएर टिट् टिट् आवाज आउँन थाल्छ , गुट्नाइट माई डिअर भन्न नपाउँदै फोन काटिन्छ । केटो मोबाइल देखि धेरै नै रिसाएर मोबाइल टेबुलमा थचारेर खाटमा पल्टन्छ, उता केटी पनि रिसाउँदै भन्ठान्छिन् कस्तो रहेछ गुट्नाइट नै नभनी फोन राख्यो ? शनिवार बिहानै केटाले तरकारी किन्ने पैसाले रिचार्ज कार्ड किनेर ल्याउँछ र फोन गरेर आफ्नो गल्फ्र्रडलाई भन्छ १० बजे हामी मिलन चोकमा भेट्ने ल.. केटी हुन्छ भनी मख्ख प्रछिन् र १० बजे तिर मिलन चोकमा गएर उहि केटालाई प्रखेर बसिरन्छिन् केटा ११ बजे तिर पुग्छ र आफ्नो प्रेसीलाई देखेर टाडैबाट मुस्कुराउँछ । केटी धेरै बेरको प्रख्खाईले ठसक्क परिसकेकी हुन्छे । उ केटीको नजिकै गएर भन्छ सरी ल ! आज अली ढिला भयो ।  केटी रिसाउँदै भन्छिन् तिमीले सधै झुकाएकै हुन्छ १० बजे आउने भनेर ११ बजे आउँछ यत्रो समय कुराएर , केटो केटीलाई फकाउँदै भन्छ, तिम्रो लागि यो रिङ किन्न गएको थिए त्यसैले ढिला भयो केटी केटाले किनिदिएको रिङ देखेर  मुसुक्क हास्छीन् र दुबै जना बस चडेर अलि नौलो ठाउँको पार्क भित्र जान्छन् । पार्कको एक कुनामा बसेर दुबैले एकले अर्कालाई राम्रोसंग निगाली रहन्छन् । केटाले केटीको हात समातेर निकै प्रसम्सा गर्न थाल्छ, केटी केटाले गरेको प्रसम्साले लष्ठपरी केटाको नजिकै टासिएर उनले पनि प्रसम्सा गर्न थाल्छिन् दुबै जनाको  रोमान्टिक गफ  हुन थाल्छ । धेरै बेरको गफगाफमा विच–विचमा बोल्ने कुरा केही नभएर दुबैजना मौनत हुन्छ र निन्द्राबाट बिउझे झैँ झस्याङ् भई फेरी कुरा गर्न थाल्छन् । केहि समय पछि  केटीले मायालु स्वरमा भन्छिन् भोक लागेर आयो खाजा के खौँचौँ ? केटाले पकेट छाम्दै भन्छ, तिमीले जे खाने भन्छौँ म त्यही खौँचु केटी धेरै नै मख्ख परी केटाको हात समातेर पार्क नजिकैको क्याफेमा जान्छन् त्यहाँ खाजा खाइसकेपछि पुनः अघिकै ठाउँमा आएर गफलाई नै निरन्तर्ता दिन्छन् । आफुहरुले स्कुल पढ्दा देखि अहिले सम्मका र परिवारमा भएका प्रत्यकको गफ गर्न भ्याउँछन् । अन्तिममा गफ गर्ने कुरा केहि नभएर आफ्ना साथीहरुलाई गली गदै यस्तो र उस्तो भन्थाल्छन् । यस्तै–यस्तै गफ गर्दा–गर्दा  उनीहरुलाई  समय गएको पत्व नै हुदैन । घडीमा ६ बजीसक्छ, बल्ल  त्यस पार्कबाट घर आउँने तर्खर  गर्न थाल्छन् छुटिने बेलामा फेरी अर्को शनिवार यसरी नै अर्को ठाउँमा भेट्ने निधो गरी दुबैले हात हल्लाएर बिदा हुन्छन् ।