Breaking News
Loading...

अस्थिरता

यी कविताहरु जबर्जस्ती लेखिएन
यथार्थ परिधीको प्रतिविम्व देखेँ
जे सत्य छ, त्यही लेखेँ
मेरा कलमहरु म जता जान्छु त्यतै हुन्छ
त्यसैले यी भावनाहरु कसैको डरले लेखिएन
जे भोग गरेँ त्यही लेखेँ
मेरो कलमले लेख्नै छोड्यो
आज फेरी एउटा कविता लेख्ने
सुरमा छु मात्र तिम्रो कारण
किनकी तिमी त वेकार छौ
मेरो त्यो कलम पुनः प्रयोगमा आउला
यसले तिम्रो बारे लेख्न सघाउला
तर सवैभन्दा खराव टोकरीमा 
तिमी मिल्कीइसक्यौ मेरो भावनाको अर्थहिन पोखरीमा
तिमीलाई वर्तमानले कुरुप बनायो 
तिमीलाई के थाहा प्रकृती के हो,
तिमी अहिले जति कृत्रिम वनेपनि 
भविश्यमा प्रकृतिनै वन्छौतिमीसंग 
मानवताको परिचय छ,
त्यसैले, 
तिमीले माटो खानै पर्छ
अरु जँहा त्यहि जानैपर्छ,
त्यसैले तिमी सदावहार फुल होइनौ
तिमी आफैलाई भुल्दैछौ 
तर म मेरो परिचय भुल्दिन 
न त मेरो कलम लेख्ननै छोड्छ
Ananta Anil

खरी–७ धादिङ्ग