Breaking News
Loading...
Tuesday, March 15, 2011

Info Post
मिति २०६७ फाल्गुन ०७
सहयात्रा एन इन्टरकलेज मिडिया स्टुडेन्स् नेटवर्क ले आफ्ना सदस्य क्याम्पसहरुमा पत्रकारिता वा मिडिया विषय अध्ययनरत विद्यार्थीहरुको कलेज कमिटी बनाउने भएकाले इच्छुक विद्यार्थीहरुलाई उक्त सञ्जालमा आबद्ध भई मिडियासम्बन्धी क्रियाकलापमा सहभागी हुन अनुरोध गरिन्छ ।
सहयात्रा एन इन्टरकलेज मिडिया स्टुडेन्स् नेटवर्क ०६७ साल जेठ २३ गते (मे ६) मा स्थापना भएको मिडिया विषय अध्ययनरत विद्यार्थीहरुको सञजाल हो । यसमा हालसम्म सहभागी क्याम्पसहरुको संख्या २२ रहेको छ भने प्रत्येक क्याम्पसका सहयात्रा प्रतिनिधिहरु रहेका छन् । क्याम्पस प्रतिनिधिहरुबाट सञ्जालको केन्द्रिय कमिटि बनेको छ । सहयात्राले गर्ने पत्रकारिता तथा मिडियासम्बसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी बनाउन र बढीभन्दा बढी विद्यार्थीहरुको सहभागिता बढाउने उद्देश्यले कलेज कमिटीमार्फत सञ्जाललाई विस्तार गर्न लागिएको समेत जानकारी गराइन्छ ।
सहयात्राबाट विगतमा भएका तथा आगामी हुने कार्यक्रमहरु, यसको स्वरुप तथा वा अन्य जानकारी प्राप्त गर्न सम्बन्धित क्याम्पसका सहयात्रा प्रतिनिधिहरुसँग सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।
सदस्यताका लागि न्यूनतम आवश्यकताहरु
1.    प्रविणतापत्र वा स्नातक तहमा मिडिया वा पत्रकारिता विषय अध्ययनरत हुनुपर्ने
2.   क्याम्पस प्रतिनिधिबाट प्राप्त फाराम भर्नुपर्ने ।
3.    दर्ता शुल्क स्वरुप रु ५० बुझाउनुपर्ने ।

0 comments: