टिनेजहरुको च्याटिङ मोह
समिर निरौला /काठमाण्डौं ।
हेलो म बिकास, तिमीस“ग मित्रता गा“स्न चाहन्छु, के तिमी तयार छौ ? मेरो नाम सुसिला हो हालै एस् एल् सी दिएर बसेकी छु । म चा“ही ग्रामीण क्याम्पसमा बि.ए दोस्रो बर्षमा अध्ययनरत छु ।
माथिको संवाद प्रत्येक्ष वा फोनमा गरिएको संवाद होईन यो त काठमाण्डौं बालाजुका बिकास र चाबहिलकी सुसिलाले कम्प्युटरका माध्यमबाट गरेको लिखित संबाद हो । तपाईलाई अच्चम त लागेन, अह“ अच्चम मान्नु पर्दैन, योे त कम्प्युटरको सहायताबाट दोहोरो संबाद गरी साथी बनउने नय“ँ तरिका हो । बालाजुको एक साईबर क्याफेमा बसेर बिकासले सुशिलास“ग यसरी कम्प्युटर मित्रताको थालनी गरे ।
उनिहरु यसरी साथी बनेको एक महिना बितिसकेको छ तर दुबैले एकअर्कालाई भने फेसबुकमा मात्र देखका छन्, अझै प्रत्येक्ष देख्न पाएका छैनन् । बिकास भन्छन्, सुशिलास“ग मित्रता ग“ँस्न पाएकोमा खुशी र रमाईलो लागिरहेको छ । अहिले हामीबीच सा“चो मित्रता कायम भएको छ । कम्प्युटर च्याटले हाल आएर धेरै नै लोकप्रियता पाइसकेको छ । बिषेशता टिनेज अबस्थाका युवा युवती बीच च्याट बढि प्रिय छ । त्यसमाथि एस.एल.सी पश्चात धेरै बिद्यार्थीहरु फुर्सदको समय साईबरमा बिताईरहेका छन् । अझ काठमाण्डौं उपत्यका भित्र गल्लिपिच्छे खुलेका साईबर क्याफेमा टिनेज अबस्थाका युवायुवतीहरुको भीड प्रसस्त देख्न सकिन्छ । ति मध्ये बढि च्याट गर्न मै ब्यस्त हुन्छन् । कम्प्युटरमा च्याटको आकर्षणले नय“ँ मित्रता बनाउने लहर ब्यापक चलेको सहजै देख्न पाईन्छ । बालाजुको मानसिङ स्कुलबाट एस.एल.सी दिएर बसेका राजु पनि च्याट गर्न नेपालटारको आर्शिवाद साईबर क्यफेमा दिनहु पुग्ने गरेका छन् ।
च्याटिङ गर्नु नय“ँ साथी बनाउन मात्र हैन दुबैबिचको लिखित संबादले धेरै कुराहरु सिक्न पाईन्छ । यो प्रबिधि रमाईलोका लागिमात्र नभई आधारभुत आवश्यकता नै बनिसकेको छ, उनि भन्छन् । च्याटिङ गर्दा समय बितेको पत्तै नचल्ने र पैशा खर्च भएको खासै अनुभव नहुने युवायुवतीहरु बताउछन् । उनिहरुका अनुसार च्याटमा प्राय बिपरित लि·ी साथीबीच मित्रता कायम गर्ने चलन बढ्दै गएको छ । राजु अहिले सम्म धेरै केटीहरु सित मित्रता भएपनि पछि दुई जनास“ग प्रत्येक्ष्य भेटघाट भएको रमाईलो प्रसंग सुनाउछन् । स्कुले बिद्यार्थीहरु बीच पनि च्याट प्रिय बनेको छ । स्कुले बिद्यार्थीहरु घरबाट पाएको खाजाको पैसा बचाएर च्याटका लागि खर्च गर्न हिचकिचाउ“दैनन् । तरुण स्कुल कक्षा नौ मा अध्ययनरत च्याट बिनाको जीबन बोरिङ हुने बताए पनि उनले अझैसम्म सच्चा केटी साथी बनाउन नपाएकोमा भने दुखित छन् ।
उनि हरेक दिन च्याट गर्न पैसा नपुगेपछी साताको तीन चार पटक साईबर क्याफेमा धाउने गरेका छन् । कम्प्युटर च्याटबाट बन्ने साथीलाई प्रेम प्रस्ताब राखेर सो मित्रता अन्तत बिवाह सम्म पुगेको उदाहरण हाल आएर फट्टफुट्ट भेटिन थालेका छन् । यस्तै उदाहरणभित्र बालाजुका दिपेश निरौला र तारा कुवरको जोडी पर्दछ यी दुबैको च्याटिङ मित्रता बिवाहमा परिणत भैसकेको छ, तर कहिलेकाही प्रेम प्रस्ताव राख्दा साथीले अस्वीकार गरिदिएपछि भने नमज्जा नै हुन्छ यस्तो घट्नाका सिकार बालाजूका सन्जिब थापा भएका छन् ।
सन्जिबले झण्डै एक बर्षदेखि धरानकी अर्चना सित च्याट मित्रता राख्दै आएका थिए । प्रत्येक्ष भेटघाट नभएपनि राम्रो सम्बन्ध स्थापित भएको भरमा प्रेम प्रस्ताब राखेपछि सन्जिवको मित्रता टुट्न पुग्यो । त्येस्तै केटाले केटी बनेर र केटीले केटा बनेर फर्जि नाम दिई च्याट गर्ने नराम्रो प्रवृत्ती पनि बढ्दै गएको छ । एन.आर. कलेजकी पार्वती श्रेष्ठ केटाकेटीले, यसरी गलत नाम दिई झुक्याउने गरेको बताउ“दै थप्छिन् कुनै पनि कुराको दुरुपयोग गर्नु हुदैन । नय“ँ साथी बनाउनका लागि मात्र च्याटिङ गरिदैन मिल्ने साथी वा आफन्तहरु बीच पनि च्याटका माध्यमबाट दुःख सुखका कुराहरु साटफेर हुने गर्दछ । बैंक अफ काठमाडौं चाबहिलमा कार्यरत सम्झना मल्ल फुर्सदको समयमा आफ्ना साथीहरुलाई च्याटिङ गर्ने गरेको बताउ“छिन् ।
0 comments:
Post a Comment