![]() |
पत्रकार महासंघका अध्यक्ष शिव गाउँले
|
पार्टीगत समिकरण निर्वाचनको
लागि मात्रM गाउँले
पत्रकारितामा दुई दशक लामो सेवा गरिसक्नुभएका वरिष्ठ पत्रकार शिव गाउ“ले हाल नेपाल पत्रकार महासंघको अध्यक्ष हुनुहुन्छ । उहा“संग नागरिक कर्मी तथा ग्रा.आ.ब.क्याम्पसमा अध्ययनरत मनोज पराजुलीले लिएको अन्तरर्वार्ताः
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
पत्रकारहरुको बिमा गर्ने र उनीहरुको भौतिक एवम् व्यवसायिक सुरक्षाका अवस्था सुदृढ बनाउने अभियान पत्रकार महासंघले चलाएको छ । त्यहि काममा लागिरहेको छु ।
सरकारले दश वर्ष अघि पत्रकारितामा लागेकाहरुका लागि जीवन विमा गर्ने भनेको छ त्यसैको लागि हो ?
होइन । सरकारले दश वर्ष अघि भनेको छ तर पत्रकार महासंघले चाहि पत्रकार महासंघको सदस्य हुनेवितिकै उनीहरुको जीवन विमा हुनुपर्दछ भन्ने अडान छ । अथवा २ ३ वर्ष देखि पत्रकारितामा लागिरहेका व्याक्तिहरु जो पत्रकार महासंघमा आबद्ध छन् उनीहरुको जीवन विमा हुनुपर्दछ, भन्ने अभियानमा छांै ।
पत्रकार महासंघमा आवद्ध हुनका लागि के के गर्नुपर्दछ ?
पत्रकारिता वा कुनै पनि विषयमा स्नाकोत्तर, स्नातक प्रमाणिता प्रमाणपत्र वा त्यो भन्दा तल्लो योग्यता भए पत्रकारितामा दश वर्ष काम गरेको अनुभव भएका पत्रकारहरु यसमा आवद्ध हुन सक्छन् ।
पत्रकार महासंघको चुनावमा भाग लिन जादा पार्टीगत रुपमा जानुभएको हो ?
नेपाली समाज अरु क्षेत्र जस्तै एकदम बिभाजित छ त्यसले गर्दा पत्रकार महासंघको चुनावमा चाही हामी पक्ष वा विपक्ष जस्तो देखिएर चुनावमा लडेका हौं तर चुनाव सकियो, त्यो पक्ष वा विपक्ष पनि सकियो । अहिले हामी सबै एकै ठाउमा छौ ।त्यति बेलाको समिकरण चुनावका लागि मात्र थियो, त्यो समिकरण नितान्त निर्वाचनको लागि मात्र थियो । नत्र भने पत्रकारहरु यो वा त्यो पक्ष भएर हिडिहाल्थ्य नी । अहिले कुनै विभाजन छैन । चुनावको वेला कस्ले कस्लाई भोट हाल्ने भन्ने कुरामा मात्र विभाजन हो ।
चुनावको अवधिमा तपाईले ६ वटा मुद्धाहरु उठाउनु भएको थियो ती मुद्धाहरुको कार्यन्वयनको अवस्था कस्तो छ ?
ती वुदाहरु कार्यन्वयनमा छन् । पत्रकार महासंघलाई नत समजिवी मैत्री वनाउदै छौ । न्युनतम पारि७नतसमीको अंश दश हजार पु¥याइएको छ । त्यसै गरि पत्रकारहरलाई नियुक्ति पत्रविना काम नगर्न भनिएको छ । सञ्चार प्रतिष्ठानहलाई पनि नियुक्ति पत्र विना काम नलगाउन भनेका छौ । जसले नियुक्ति पत्र विना काम लगाउछ त्यस विरुद्ध हामी कानुनी उपचार खोज्नका लागि कानुनी पक्षको स्थापना गरेका छौ त्यसले गर्दा हामीले निर्वाचनमा उठाएका मुद्धाहरु अहिले क्रमश कार्यान्वयनमा छन् ।
अहिले ७नतसमजिवि पत्रकारको अवस्था कस्तो छ ?
अहिले ७नतसमजिवि पत्रकारको अवस्था सन्तोषजनक छैन । नियुक्ति पत्र विना काम गर्नु पर्ने न्युनतम पारि७नतसमिक समेत नपाउने अवस्था छ पत्रकारिता चाहि राम्रो कमाई आम्दानी हुने पेशा भनेर स्थापित हुन बा“की नै छ । समस्याहरु धेरै छन् ।
समजिवि पत्रकार एन ठूला मिडिया हाउसको कारणले गर्दा कार्यन्वयन गर्न नसकिएको त होइन नी ?
यसको वारेमा त हामीले डिटेलमा अध्ययन गर्दै छौं अध्ययन पछि नै भन्छौं तर खास के हो भन्दा ठूला मानिएका सञ्चार प्रतिष्ठानहरुमा नै समजिवी पत्रकार ऐन कार्यन्वयन नभएको स्थिति छ त्यसको मतलव आफूलाई साना मिडिया भन्नेहरुले कार्यान्वयन गरेका छन् भन्ने होइन त्य“हा पनि कार्यान्वयन भएको छैन तर धेरै समस्या ठूला मिडियामा छन् ।
विशेषत लोकतन्त्र पछि नेपालमा पत्रकारिता रेडियो, टेलिभिजन र अनलाइनको संख्यामा उल्लेख्य वुद्धि भएको छ, तिनीहरुमा महासंघले निगरानी राख्छ कि राख्दैन ?
यिनीहरुमा एकदमै हुन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन जो नय“ा आइरहेका छन् उनीहरु पनि र अहिले सञ्चालन भइरहेकाहरुले पनि कानुन बमोजिम दायित्व पुरा गरेका छन् की छैनन् भनि ध्यान दिनु पर्छ भन्ने पक्षमा छौं । त्यसैले गर्दा आमसञ्चार माध्यमले स्वतन्त्रताको उपभोग गर्ने हो । पत्रकारहरुले स्वतन्त्रता प्रवाह गर्नमा काम गर्ने हो तर त्यसको अर्थ कसैले पनि कानुन विधि र व्यवस्था मान्नुपदैन भन्ने होइन । त्यसले गर्दा त्यस तर्फ पनि हामी अगाडि बढेका छौं ।
अहिलेको समयमा नेपालमा प्रस स्वतन्त्रताको अवस्था कस्तो रहेको छ ?
नेपालमा प्रस स्वतन्त्रताको अवस्था कमजोर छ । पे्रस स्वतन्त्रता कानुनमा वैधानिक रुपमा छ तर व्यवहारमा कमजोर छ किनकी देशमा दण्डहिनता एकदम चरम राजनीतिक रुपमा तल सम्म विभाजन छ । समाजमा शान्ति सुरक्षाको अवस्था सुदृढ र राम्रो छैन । व्यवसायिक हिसावले पनि पत्रकारहरु दक्ष छैनन्, त्यसैले पनि स्वतन्त्रताको अवस्था संकुचित छ ।
कानुनी पक्ष हुदा हुदै पनि किन पत्रकारहरु माथि समाचार लेखेकै आधारमा आक्रमण र धम्की आउने गर्छ ?
आक्रमण हुने कुरामा दण्डहिनता मुख्य कुरा हो । पत्रकारलाई पिटेबापत कसैले समाजमा जोखिम मोल्नु पदैन अथवा महिले जोखिम पूर्ण काम गरे कानुनले मलाई समाउ“छ भन्ने डर मान्नु पर्दैन किनभने उनीहरु कुनै न कूनै राजनीतिक दल वा प्रभावको आडमा छन् भने जे गरेपनि हुन्छ भन्ने अनुभूतिका कारणले यस्तो भएको हो । क्रमशःकानुनी व्यवस्था भएपछि यसमा सुधार आउछ ।
नेपालमा पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा लिइन्छ तर यस प्रति राज्यको खासै चासो गएको देखिन्न नि ?
पत्रकारिता प्रति राज्यको खासै चासो नगएको कसरणले हामीले पत्रकारको क्षमता वृद्धिमा सरकारले ध्यान दिनुपर्दछ । तालिम लगाएत पत्रकारहरुको व्यवसाहिक क्षमता वृद्धिका लागि सरकारले लगानी गर्नु पर्छ भनेका छौं ।
पत्रकारिता क्षेत्रका मुख्य समस्याहरु के के हुन ?
पत्रकारिता क्षेत्रको मुख्य समस्याहरु भनेको पूजिको अभाव छ । प्रतिस्पर्धी ७नतसम बजार सिर्जना हुन सकेको छैन र दण्डहिनताका कारण पनि र्निधकता पूर्ण काम गर्न सकेका छैनन् । सिल्प सेन्सरसिपको अवस्था मौलाउदै गएको छ । पत्रकारितामा दक्ष पत्रकारहरुको पनि अभाव छ त्यसैले यी सम्स्याहरु परिमार्जन गर्न जरुरी छ ।
यिनीहरुको समाधानको उपायहरु पनि होलान नि ?
समाधानका लागि भनेको पत्रकारका लागि दुई वटा कुराको जरुरी पर्दछ । एउटा राम्रो शिक्षा र अर्को तालिम राम्रो शिक्षा हामीले तत्काल दिन नसके पनि तालिम मार्फत पत्रकारहरुको क्षमता बढाउनुपर्छ भन्ने अभियानमा हामी छौं ।
संविधानका कुरामा उल्लेख भएका प्रेस स्वतन्त्रताका कुराहरु कार्यन्वयनमा पत्रकार महासंघको भूमिका के रहन्छ ?
हामीले दवाब दिने मात्र हो । सरकार सम्वन्धित प्रतिष्ठान ठूला संस्थाहरुमा दबाव दिन्छौं र त्यहि मार्फत परिवर्तन ल्याउन सक्छौं भन्ने हामीलाई लागेको छ ।
तपाईको कार्यकालमा पत्रकार महासंघको सुदृढिकरणमा के गर्नुहुन्छ ?
हामी माहसंघलाई व्यवसायिक र भौतिक रुपमा सुदृढ बनाउने अभियानमा छौं । भवन निर्माण गर्ने पत्रकारहरुलाई आत्मा विश्वासका साथ काम गर्न सक्ने वातावरण बनाउने र क्षमता बढाउनेमा छौं ।
जो बिद्यार्थीहरु पत्रकारितामा आफ्नो करियर बनाउन चाहन्छन उनीहरुका लागि के सन्देश दिनुहुन्छ ?
सर्वप्रथम त म उहाहरुलाई पत्रकारिता पेशामा स्वागत गर्न आतुर छु । उहा“हरुले पत्रकारिता पढेर, बुझेर सैद्धान्तिक ज्ञान सहित यो पेसामा आए पछि हाम्रो यो पेशामा धेरै समस्याहरु समाधान हुन्छ । यो पेशा व्यभारिक व्यवसायिक मर्यादित हुन्छ । दक्ष व्यक्तिहरु आउ“छन् त्यसैले यस्ता व्याक्तिहरु जो यो पेशामा आउन तत्पर छन् उनीहरुलाई स्वागत गर्न हामी आतुर छौं ।
कलेजहरुमा पत्रकारिता मुख्य आकर्षणको विषय बनिरहेको छ यसमा विद्यार्थीहरु पनि थुपै्र आइरहेका छन् उनीहरुलाको भविष्य चा“ही कस्तो छ ?
भविष्य राम्रो छ, जो आउदै हुनुहुन्छ यो पेशा आकर्षक बन्छ यो पेशामा क्षमता भएकाहरुका निम्ति र राम्रो अवसर वन्ने अवस्था सिर्जना भएको छ म देख्छु एकदमै राम्रो छ ।

0 comments:
Post a Comment