Breaking News
Loading...
Friday, July 9, 2010

Info Post
मेरा सहपाठी मित्रहरुले भन्दै थिए– “यार यो उमेर भनेको त मोज मस्ती गर्ने उमेर पो हो त ! कस्ले पो दुख गरिरन्छ र ? घरबाट टन्न पैसा पठाईहाल्छन् वालै भएननी । आज त गर्लफ्रेन लाई लिएर घुम्न जाने विचार छ, मेरो त ।” अरु मित्रहरुले त्यस गफलाई निकै चाख मानेर सुन्दैथिए । मलाई भने निकै हतार भइसकेको थियो । भर्खर भर्खर एफ. एम मा काम गर्न थालेकाले तिनीहरुको गफ सुन्ने फूसद मसंग थिएन म हतार–हतार कोठामा गएर खाना खानासाथ अफिस जान माइक्रो बस चढें । बसमा अलिकती खुट्टा राख्ने ठाउ पनि थिएन, खुट्टा बाहिरै राखेर झुन्डिएँ । बस अलिकती अगाडी मात्र के बढेको थियो, सवारी जाममा परिहाल्यो । आधा घण्टापछि बलैबलै जाम खुल्यो । १० बजे पुग्नुपर्नेअफिस ११ बजे पुगेँ । चिफ सर रिसाएर आगो भैसकेका रहेछन् मलाई देख्नासाथ कराउन थाले । “यस्ता त रिपोर्टरहरु छन् नेपालमा च्याउ उम्रे सरी एफ.एमहरु स्थापना भएका छन् सबै तिर प्रतिस्पर्धा छ यो पाराले हाम्रो एफ.एम. कसरी चल्छ ?” मेरो अर्की सहकर्मी सुनिता पनि भर्खर आइन् र मुस्कुराउँदै चिफ सरको नजिकै गएर भनिन्– “हेर्नुस न सर, आज यस्तो जाममा परेको होकी त्यसैले ढिला भयो ।” चिफ सर सुनिताको मुस्कानले प्रसन्न भइसकेका थिए उनले पनि केही नभनी हाँसेरै प्रतिउत्तर दिए । चिफ सरले मलाइ भन्नुभयो–“सुन आज तिमीले स्थलगत रिपोर्टिङ्ग गरेर ल्याउनु पर्छ, जुन अलि पृथक होस ।” मैले हुन्छ सर भनेर स्टिुडियोबाट रिपोर्टिङ्ग गर्न बाहिर निस्किए । धेरै परसम्म पुग्दा पनि त्यस्तो रिर्पोटिङ्ग गर्ने कुरा केही देखिएन । सडकको छेउमा उभिएर सडकलाई नियालिरहेँ । सडकमा चिल्ला गाडीकहरु कुदिरहेको थियो । सडक सांगुरो र जताततै खाल्टा खुल्टि थियो । सडक निर्माण कार्यमा सम्वन्धित निकायले ध्यानै नदिएको प्रष्ट देखिन्थ्यो । मान्छेहरु सडकमा भौतारीइरहेका थिए । भरियाहरु हातमा नाम्लो लिई काम नपाएर केही काम पाउने आशामा यताउता हेरिरहेका थिय । सडकमा कोलाहाल को वातावरण थियो । सवै आआफ्नै धुनमा थिए । सडकको पेटीमा बसेर माग्नेहरु जोडले कराई कराई मागिरहेका थिए । तर तिनीहरुलाई कसैले एक रुपया पनि दिएका थिएनन् । तिनीहरुको चाल पनि काम नपाएर भौतारिइरहेको भरियाहरुको जस्तै लाग्दथ्यो ।ति दृष्यहरु र्हेर्दा र्हेदै म प्रर्दसनीमार्ग तिर जाँदै थिँए एक्कासी मेरो आँखा नजिकैको पार्क भित्र पुग्यो । त्यस पार्क भित्र धेरै जोडीहरु बसेर मनका कुराहरु एक आपसमा पोखिरहेका थिए । साच्चै त्यो पार्क नभएर लभ मेकिङ्ग गाड्रेन आर्थात माया गर्ने बगैचा जस्तो लाग्यो मलाई । त्यँहा युवायुवतीहरुले मायाको सन्जाल बुनिरहेका थिए । मैले सम्झें पत्रकार भएर समाचार देख्न सक्नु पर्ने रहेछ समाचार त कति होकति । त्यो भरिया, माग्ने, सवारी जाम, सडकको अवस्था अनि मेरो मनोरञ्जनको अन्तिम दृष्य सवैमा यथार्थ समाचार अनि मेरो लागी चाहिएको रिर्पोटिङ्ग लुकेको थियो । म अलमल्लमा परेँ कुन चैं आज स्टेसनमा लैजाउ भन्ने सोच्दै मलाई लाग्यो योे पो मनोरञ्जनात्मक खालको रिपार्टिङ्ग बन्छ त भन्ने सोचेर म लभ मेकिङ्ग गाड्रेन भित्र छिरँे । गाड्रेन शान्त थियो । बिभिन्न जातजातका फूलहरु ढकमक्क फूलेका थिए ति प्रममा लिप्त जोडीहरु फूलका बोट मूनि बसेर एकले अर्कालाई हेर्दै आपसी भावहरु साटासाट गर्दै थिए । म लभ मेकिङ्ग गाड्रेनको एकछेउमा बसेर चारैतिर हेरेँ त्यँहा एक–दुई जोडी मात्र थिएनन् । धेरै जोडीहरु थिए । उनिहरुको क्रियाकलाप भिन्न–भिन्न प्रकारको थियो । ती सबै दृष्यलाई मेरो रिपोर्टमा कैद गरी म आफ्नो डायरी निकालेर रिपोट्रिङ्ग तयार पार्दै थिँय । मेरो आँखा एक अनौठो जोडी माथी प¥यो । अरुको भन्दा भिन्न कृयाकलाप त्यस जोडीमा थियो । उनिहरुले सामाजमा अपच हुने खालको काम त्यो सार्वजनिक ठाउमा गर्दै थिए । जसको कारण अन्य प्रेममा लिप्त जोडीहरुले समेत यस कुरालाई अवलम्वन गर्न खोज्दै थिँय । मैले ति सवै कुराहरु रिपोर्टमा नोट गरेँ र यथार्थ आमसञ्चारको नितीलाई अंगाल्दै यस्ता कृयाकलापले समाजमा पार्ने असरहरुलाई प्रष्ट पार्दै रिपोर्ट तयार गरें । तिनीहरु तिर मैले नचाहेरै पनि फेरी आँखा लगाँए । म झसंग वनें त्यँहा त्यस्तो काम गर्ने त चिफ सरको छोरी पो रहेछिन् । मैले त्यो दृष्य हेरिरहन चाहीन अनि उसले नदेख्नेगरी बाहिर निस्किएर स्टुडियो तिर लागें । रिर्पोट लिएर चिफ सरको कोठामा गएँ । चिफ सर बाहिर जानु भएको रहेछ । म चिफ सरलाई पर्खेर बस्दै थिँए चिफ सरको छोरी आइन् र मैले गरेको रिपोर्टिङ्ग सबै हेरिन् र मैले निश्पक्ष पत्रकारिता गरेको थियँ । उनले मेरो रिपोर्ट च्यातेर फालिदिइन् र भनिन् “मुर्ख केही नपाएर यस्तो रिपोर्ट बनाएर ल्याएछ” भन्दै बाहिर गइन् । मलाई उनिदेखि धेरै रिस
उठिरहेको थियोे । केही समय पछि चिफ सर आउनुभयो र सोध्नुभयो–“के रिपोर्टिङ्ग गर्यौ त आज ? मेरो मुखबाट कुनै शव्द चिफ सरको प्रतिकृयाको लागी खुलेनन् । पछि फेरी चिफसरलाई सवै कुरा मैले अक्मकाउँदै भनें चिफ सरले त उल्टै मलाई पो गाली गर्दै भनेँ–“मेरो काम गरेर मेरै छारीको वारेमा लेख्ने ? भोली देखि तिमी अफिस नआए पनि हुन्छ ।” म लाटो मानिस जस्तै वनँे उनको प्रतिकृयालाई थेग्ने खालको कुनै बोली मबाट बाहिर निस्किएनन् । म आफ्नै सुरमा स्टेशनबाट बाहिर आइसकेको रहेछु । कोठामा पुग्दा रात परिसकेको थियो । बत्ति पनि रहेनछ मोवाईल बालेर कोठाभित्र पसें । म दिनभरिको थकानले भुतुक्कै भैसकेको थिए । गएर खाटमा पल्टेको मात्र के थियँ, टाउको चिसो भयो । मोवाइल बालेर यसो हेरेको त बिहान भात खाएर चुठेको थालपो रहेछ । बिहान देखिको सबै कुरा सम्भंदै भात खाएर चुठेको थालको पानी र जुठाभाँडालाई हेरिरहेँ । दिन भरिको कुराहरु सोचेँ । पत्रकरिताको विकाश नहुनुका कारणहरु पनि आज म प्रष्ट रुपमा एकाएक केलाउदै थिएँ । हिँजो सम्म समाचार कँहा पाईन्छ भन्दै भौतारिदै हिडेको मान्छे म आज जताततै समाचार देख्दै थिय । चिफ सर, सरकी छोरी, सवारी अवस्था, सडक, माग्ने र भरियाहरुका अनगीन्ति समाचारहरु ।



हरिचन्द्र पौडेल






Gramin Adarsha Muktiple College



Nepaltar, Kathmandu

0 comments: