–गोमा पण्डित
घामका पाईलाहरु दिएर नेपाली निवन्ध साहित्यमा उपल्लो स्थान प्राप्त गर्नुभएका साहित्य विधाका वरिस्ठ नायक धुर्वचन्द्र गोतामेको अर्को निवन्ध संग्रह ‘आरोह अवरोह’ वगर फाउन्डेशनको प्रकाशनमा प्रकाशित भएको छ । जीवनको लामो कालखण्ड सरकारि सेवामा विताउँदा संगालीएका तितामीठा घटना र यथार्थताहरुको नालीवेलि गोतामेको रचनाहरुको मुल स्वर झल्किएको छ ।
राजनिती, प्रशासन, पारिवारीक र सामाजिक जीवनका विविध पक्ष पनि गोतामेको लेखन बिषय हो । त्यसैकारण पनि उनका निबन्धहरु यथार्थपरक देखिएको छ । जीवनको उत्तरार्धमा अध्ययन र अनुभब रहेका असंख्या संस्मरणहरु लेखेर पुस्तकको उपमा पनि प्रकाशन गरेका निबन्धकारले पछिल्लो निबन्ध संङ्ग्रह नै ‘आरोह अवरोह’ हो १५ भाग र १३५ पेजमा अनुवर्तित यस निबन्ध संङ्ग्रहमा संङ्ग्रहित पुस्तक भित्रका सम्पूर्ण निबन्धहरु एकै लयमा लेखिएको छ । त्यसैगरी अधिकांश निबन्धहरु भावनात्मक, जीवनको चित्रण र संस्मरणत्मक रहेको छ । यसै पुस्तकमा निबन्धकारका निजी अनुभुती र अनुभवको दस्तावेज प्रस्ट देखिएको छ ।
यस निबन्ध संङ्ग्रहमा निबन्धकारका विगतका अनुभबहरुलाई लिपीबद्व गरिएको छ । निबन्धकारको दुई उपन्यास वाहेक संस्मरणत्मक निबन्धहरुको यो संङ्ग्रह छैठौ पुस्तक हो ।
प्रस्तुत निबन्ध संङ्ग्रहमा निबन्धकार गोतामेका २०१६ साल देखी २०५० साल सम्मको ३६ वर्षे लेखहरु प्रसासनिक निकायलाई समेटिएको छ । यस निबन्ध संङ्ग्रहमा लेखकको लेखकिय गुण,
विशेषण, भाषा र प्रस्तुतीमा आफ्नै विशिष्ठ सिल्प शैली पाउन सकिन्छ । यस निवन्धसंङ्ग्रहको तिनै विशेषताको कारण पाठकलाई निवन्धको अन्र्तसम्म र्खरखर्ती डो¥याउन सगाउ पु¥याउँछ ।
यस ‘आरोह अवरोह’ निवन्धसंङ्ग्रहमा भाषागत संरचनाका कारण पढ्दा त्यती सहज अनुमान ल्याउन नसकिने छ । वाक्यहरु घुमाउरा तर यथार्थ परक र साहित्यक छ । यस निवन्धसंङ्ग्रहमा
सम्पूर्ण स निवन्धहरु फरक र संस्ममरणमा मात्र आधारीत भएपनि लेखन शैली एकलयात्मक रहेको देखिन्छ ।
कृती ः अरोह अवरोह
कृतीकार ः धुर्वचन्द्र गोतामे
प्रकाशन ः वगर फाउन्डेशन लेपाल
संस्करण ः प्रथम २०६२ चैत्र मसान्त
मूल्य रु ः ३००÷–

0 comments:
Post a Comment