Breaking News
Loading...
Sunday, July 4, 2010

Info Post
बिहानको खाना अनि केही छिनको आरामपछि मेरो यात्रा बिस्तारै अघि बढ्यो । केही छिनको हिँडाइपछि बनस्थली चोकमा पुगेर माइक्रोबसबाट शुरु भयो । करिब २० मिनेटको माइक्रोबसको यात्रापछि पुरानो बसपार्कमा पुगेर ओर्लिए र पुतलीसडकस्थित ‘रिपोर्ट्स क्लब’ तर्फ अगाडि बढ्यौँ । चर्को घाम, बेलाबेलामा चल्ने धुलो सहितको हावा अनि गाडीका आवाजको प्रवाह नगरी मेरो पहिलो गन्तव्यतिर लागेँ । ‘रिपोर्ट्स क्लब’ जहाँ दैनिकजसो कार्यक्रमहरु हुने गर्दछन् । त्यहीँको यात्रालाई लिएर अगाडि बढेँ म पनि । दिनहुँ हुने कार्यक्रम जस्तै आज (२०६६।१२।२४) राष्ट्रिय मुस्लिम महासंघ नेपालको रहेछ, के थाहा मलाई कार्यक्रम कतिबेला शुरु हुने थियो ! आफ्नो पहिलो रिपोर्ट्स क्लबको यात्रा जहाँ छिर्न पाइने हो या होइन जस्ता विचारहरु मनमनै उठिरहेको थियो । त्यो ठाउँ जहाँ विभिन्न क्षेत्रका व्यक्तिहरु देखि आफ्नो कार्यक्षेत्रका पत्रकारहरु आउने गर्दछन् । आफ्नो मनभित्रको भावनालाई थाँती राख्दै म रिपोर्ट्स क्लबको भेटबाट हातमा सानो डायरी र कलम च्याप्दै भित्रतिर लागेँ । कार्यक्रम शुरु भइरहेको रहेछ, सबै व्यक्तिहरु आ–आफ्नो ठाउँमा बसेर धैर्यताका साथ सुनिरहेका, आयोजकले आफ्ना कुराहरु राखिरहेका, क्यामेराम्यानहरु फोटोहरु लिन व्यस्त भइरहेका, पत्रकारहरु प्रेस विज्ञप्तिलाई अध्ययन गरिरहेका थिए । म पनि त्यही क्रममा पछाडि रहेको कुर्सीमा गएर बसेँ । मलाई लागिरहेको थियो “रिपोर्ट्स क्लब” जुन एउटा खुल्ला मैदान अनि त्यसैमा कार्यक्रमहरु हुने गर्दछन् । तर त्यसो रहेनछ, एउटा बन्द हलमा पो सँधै टेलिभिजनको क्यामेराको नजिक देखा पर्ने ऋषि धमला पनि आयोजकको पंक्तिमा बसिरहेका थिए । मञ्चको अग्रपंक्तिमा आयोजकका ५ जना पदाधिकारीहरु बसिरहनुभएको थियो भने पछाडि ४० जनाको हाराहारीमा पत्रकारहरु बसिरहेका र कार्यक्रमको अन्त्य हुन लागिरहेको रहेछ र अन्त्यमा पत्रकारहरुलाई केही जिज्ञासा भए सोध्न अनुरोध गरिएको थियो । पत्रकारहरुले आ–आफ्ना जिज्ञासा राखिसकेपछि आयोजकले त्यसको उत्तर दिनुभयो । अनि आयोजकले कार्यक्रम सकिएको घोषणा गरे । मलाई त के थाहा को पो चिनेको, सबै नौला अनुहार थिए । पत्रकारहरुलाई नास्ताको व्यवस्था पनि गरिदोँ रहेछ । पत्रकारहरु नास्ता खाँदै थिए, म भने आफ्नो पहिलो गन्तव्यलाई यहिँ अन्त्य गर्दै गेटबाट बाहिर निस्किएँ ।

चारैतिर घन्किएको नारा, सडक व्यापारले सडक भरिभराउ अनि सवारीको जामले सडकलाई अस्तव्यस्त बनाइरहेको हेरी हेरी म त्यही जुलुसको अगिल्तिरबाट खुलामञ्चतर्फ अघि बढेँ । सडकको छेउछाऊमा राखिएका खुद्रा व्यापारीहरु भन्दै थिए, आउनुस् आउनुस् रु १६० १६० रु १० को माल रु५मा अघि बढ्दै गर्दा खुलामञ्च पुगेँ, जहाँ शुरु भइरहेको थियो, जनआन्दोलन दिवसको उपलक्ष्यमा एकिकृत नेकपा(माओवादी)को विशाल जनसभा । उक्त जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले बैशाख तेस्रो साताभित्र सरकारले राजिनामा नदिए लाखौँ जनता सडकमा उतारेर सरकार विस्थापन गर्ने चेतावनी दिए । उनले डेढ महिनाको अवधिमा शान्ति र संविधानलाई निष्कर्षमा संभव भएपनि वर्तमान सरकार बाधक भएको तर्क गरे । सभालाई नवराज सुवेदी, शालिग्राम जमरकट्टेलले पनि सम्बोधन गरेका थिए । नेताहरुको सुनौं सुनौं लाग्ने ती भाषण अनि ठण्डा दिमागले सोच्यो भने दिक्क हुने मनलाई संहाल्दै केही दिनको हेराईपछि कार्यक्रम पनि सकिन्छ लागिरहेको थियो । नेताले मञ्चबाट कार्यक्रम सकिएको घोषणा त के गर्न पाएका थिएनन् जनताहरु किचाघान ठेलाठेल गर्दै आफ्नो गन्तव्यतिर अघि बढे एकछिन त त्यस वरपरको सडक नै जाम हुन पुग्यो । म पनि किचाघानको बीचमा आफ्नो सामानको विशेष ख्याल गर्दै अघि बढेँ । अब त घरतिर लाग्नुपर्छ भनि माइक्रोबसको खोजी गर्दैैै माइक्रो पनि चढेँ । माइक्रोमा जसको शक्ति उसको भक्ति देखियो । माइक्रोभित्र ३ सिट महिला आरक्षण र २ सिट अपाङ्ग आरक्षण जस्ता कुराहरु लेखिएका थिए । तर के को आरक्षण जो बलियो जो कठोर उसकै लागि बन्यो आरक्षण अनि सहज यात्रा । विचरा ! ती बालवालिका, ती वृद्ध वृद्धाहरु माइक्रोभित्र अव्यवस्थित तवरले कोचिएको हुलमा आफ्नो जीउ जोगाउँदै यात्रा गर्नुपरेको देख्दा अघि भर्खर नेताको भाषण उनि चिल्लो कार,पजेरो चढाई र जनताको त्यो यात्रा, त्यो दुःख साँच्चै आकाश र पातालको फरक जस्तो लाग्यो ।
Manoj Parajuli
GAMC
BA 1st year

0 comments: