राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारितालाई सत्य, तथ्य र विश्वसनिय बनाउनुनै आजको आवश्यकता हो । साथै प्रेस स्वतन्त्रता र सुरक्षाको पुर्ण ग्यारेण्टि लगायत सम्पुर्ण सञ्चार सम्वन्धि पाठयक्रम, शैक्षिक अवधारणा, शिक्षण पद्धती र यसको कार्यान्वयनलाई समय सापेक्ष बनाई सञ्चार सम्प्रेषणमा सञ्चार निकायहरुले गरेका कमी तथा कमजोरीहरुको पहिचान तथा मुल्यांकन गर्दै नकरात्मक कृयाकलापहरुलाई समेत प्रष्ट पारी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको विकास गराउन सम्पुर्ण प्रविणता प्रमाणपत्र तथा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरुले बुन्न सुरु गरेको सञ्चार सम्वद्ध नविनतम जालोलाई सहयात्रा सञ्जाल भनिन्छ । जसमा सदस्यको हैसियतमा यस सञ्जालसंग जोडिएका सम्पुर्ण विद्यार्थीहरु पर्दछन । जसमा सवैको पहुच सबैसामु पुर्याउने र संगसंगै अगाडी बढ्ने यसको मुल मन्त्र रहेको छ, जसको फलस्वरुप विभिन्न विद्यार्थी तथा सोच, खोज, संवेग र वास्तविक वातावरणसंग खेल्ने मौका प्राप्त हुन्छ ।
अवसर जताततै छ हामी नजिकै पनि तर हामीले खोज्न जान्दैनौं । अवसर लुकेको छ, यो देखेर भेटिने होइन यो त खोजेर मात्र भेटिन्छ । हामी आफु गरौं, अरुले गरेन नभनौं । आफु गर्न थालेपछि अरुले हात बाध्नेछैनन् अवस्य केही गर्छन । जुनसुकै सफलताको मुख्य सुत्रनै अठोट हो । अनि यस प्रतिको दृढ विश्वास पनि हो । जसले प्रतिस्पर्धाको लागी हिम्मत दिन्छ । यी तीन कुरा गर्छु भन्ने भावना, अठोट र विश्वास जसमा हुन्छ त्यसले अवश्य पनि सफलता चुम्छ ।
यहि कुरालाई सवैले मध्य नजर गर्दै पत्रकारितालाई एउटा मर्यादित पेशा बनाउन तथा हामी स्वयंको अन्यौल भविश्यलाई सकरात्मक बाटो दिन सहयात्रा सञ्जाल स्थापना भएको अवगत गराउदै यसका लक्ष्य तथा उद्देश्यलाई निम्न ब“ुदाहरुमा प्रष्ट पार्न सकिन्छ ।
सहयात्राको लक्ष्य तथा उद्देश्यहरु
सहयात्राको स्थापनाको उद्देश्य देहाय वमोजिमको हुनेछ ।
क) आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा प्रमाणपत्र तह तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई एकतृत पारी उनिहरुको सम्पुर्ण बिकासमा पहल कदमी वा मार्ग निर्देशन गर्ने ।
ख) विद्यार्थीहरुलाई सञ्चारको सुनिश्चित र व्यावहारिक दायरामा ल्याउने ।
ग) विद्यँर्थीहरुले सञ्चार क्षेत्रप्रति अनुशासित र कर्तव्यनिष्ट वनाउन प्रयत्न गर्ने ।
घ) विद्यार्थीहरुको क्षमता पर्दशन गर्ने र अवसर जुटाउन सहयोग गर्ने ।
ङ) सामुहिक जिम्मेवमरी दिई उनिहरुको व्यावहारिक तथा रचनात्मक कार्यमा टेवा दिने ।
च) पत्रकारिता सम्वन्धि तालिम, प्रतिश्पर्धा र रिसर्च गर्ने ।
छ) राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अन्य सञ्चार तथा विद्यार्थीहरुको लागी हितकर जायज तथा न्यायपुर्ण मागप्रति एक्यबद्धता जाहेर गर्दै त्यस्ता मागहरुलाई समर्थन गर्न आवश्यक निती अवलम्वन गर्ने ।
ज) विद्यार्थीहरुलाई पत्रकारको रुपमा वैदेशिक मान्यता दिनको लागी आवश्यक शैक्षिक तथा प्राविधक ज्ञानको लागी आवश्यक कदम चाल्ने ।
झ) सञ्चार सम्वद्ध, सञ्चारदाता र सञ्चार सम्वन्धित विद्यार्थीहरुलाई संकटको अवस्थामा जुनसुकै खालको सहयोग प्रदान गर्न आकस्मिक कोषको तर्जुमा तथा सञ्चालनको लागी आवश्यक कदम चाल्ने ।
ञ) पत्रकारिता सम्वन्धि तालिमको व्यावस्था गर्ने ।
ट) सहयात्राको छुट्टै रेडियो तथा टि.भिबाट कार्यक्रम प्रशारण गरि सवैलाई सु–सुचित पार्ने ।
ठ) सरकारी वजेटको अनुदान लिइ मिडीया नेटवर्कको स्थापना गर्ने ।
ड) सम्पुर्ण क्याम्पसहरुको एक्यवद्धतामा पब्लिकेसन कमिटी वनाई राष्ट्रिय स्तरमै
नविनतम समाचार पत्रको स्थापना गर्न पहल चाल्ने ।
ढ) सञ्चार क्षेत्रमा परेका राजनैतिक प्रभाव प्रति जिम्मेवार वर्गलाई सचेत गराउने र कारवाहीको माग गर्ने ।
प्रस्तुतकर्ता
एम.सी चौथाड्ड
सहयात्रा के. सदस्य
हाम्रो सहयात्रा (सह–सम्पादक)
सहयात्रा परिचय
Info Post
0 comments:
Post a Comment