Breaking News
Loading...
Sunday, July 4, 2010

Info Post
आमसञ्चार तथा पत्रकारिता विषयमा एम।ए। गर्नुभएका नारायण श्रेष्ठले रेडियो नेदरल्याण्डबाट रेडियो संबन्धी थुप्रै तालिमहरु हासिल गर्नुभएको छ । उहाँले वि।स. २०५७ सालबाट रेडियो सगरमाथा एफ एम बाट “जीवन यात्रा” कार्यक्रम मार्फत रेडियो पत्रकारिताको शुरुवात गर्नुभएको हो । उहाँ वि।स. २०६३ सालबाट बिबिसि नेपाली सेवा मार्फत “साझा सवाल” कार्यक्रमको संचालक रहदै आउनुभएको छ र सन् २००५ सालदेखि निरन्तर “आँखीझ्याल” कार्यक्रमको प्रस्तोता हुनुहुन्छ । प्रस्तुत छ( उहाँसँग प्रशिक्षार्थी पत्रकार मनोज पराजुली ले लिनुभएको अन्र्तवार्ताको एक अंश ।



===== पत्रकारिता क्षेत्रमा यहाँको पाइला कसरी अघि बढ्यो ?

जब मैले वि।सं। २०५० सालमा SLC परीक्षा उत्तिर्ण गरे । उच्च शिक्षाको लागि गाउँमा कलेजहरु पनि नहुने भएकाले र राम्रो प्रतिशत अंक आएकाले विज्ञान पढ्नको लागि काठमाडौं आंए, अलि अलि राजनैतिक क्रियाकलापमा पनि संलग्न भएकोले विज्ञान बिग्रियो, जाँगर चलेन र पत्रकारितातिर लागँे ।



===== प्रसारण पत्रकारितालाई कसरी परिभाषित गर्नुहुन्छ ?

(Norm) का हिसाबले कुनै पनि घटनालाई रेडियो र टि।भि।मा आवाज, दृश्यका माध्यमबाट प्रसारण गरिन्छ । Broadcast Media र अन्यमा त्यस्तो फरक त केही हुदैन तर Challenging यो अर्थमा छ कि रेडियो र टि।भि।मा के भयो भन्नाका लागि आवाज, आवाज दृश्य प्रस्तुत गरिन्छ भने न्युजपेपरमा प्रकाशन गरिन्छ यसका लागि हरेक दिन डेटलाइन हुन्छ भने रेडियो र टि।भि।का लागि एक घण्टा, एक मिनेट पनि डेटलाइन हुन्छ ।

=====प्रसारण माध्यममा संलग्नता रहि पत्रकारिता गर्नका लागि शैक्षिक योग्यता कति हुनुपर्छ ?

स्नातक पनि नगरेकाले के गर्ने ? सम्पादक हुनका लागि बि।ए। पास अनि Knowledge हुनुप¥यो । आइ।ए। पास नगरेकाले के रिपोर्टिङ गर्ने ? त्यसैले आइ। ए। पास हुनुप¥यो । त्यो भन्दा तलकाले पनि पाउन सक्छ नपाउने भन्ने छैन ।



=====नेपालमा प्रसारण पत्रकारिता (Broadcast Journalism) को क्षेत्र कस्तो छ ?

नेपालमा Broadcast Journalism को Scope यस्तो छ भन्नुभन्दा पनि हाम्रो जस्तो Democratic Society मा राजनैतिक दलका नेताहरुले जनताको भन्दा बढी अधिकार प्राप्त छन् । उनीहरुले के राम्रो काम गरेका छन् अनि नराम्रा काम गरेका छन् भने त्यसलाई बाहिर उजागर गर्ने काम Broadcast Journalism को हो । हाम्रो समाजमा लुकेर रहेका कुराहरुलाई बाहिर ल्याउने काम पनि गर्नुपर्छ ।

===== रेडियो र टि।भि कार्यक्रम का अन्तरहरु के के हुन् ?

रेडियो पूर्ण रुपमा साउण्ड र टि।भि। अडियो भिजियुल हुने गर्दछ । रेडियोमा कुनै पनि घटनाको जानकारी दिन Imagination दिन सक्ने गरी Radio Script लेखिन्छ भने टि।भि।मा पर्दा पछाडीका कुरा समेटेर Script लेखिन्छ जस्तो कि रेडियो कार्यक्रम जतिवेला पनि –बिहान, बेलुकी ) रेकर्ड गर्न सकिन्छ भने टि।भि।का लागि live कार्यक्रम रेकर्ड गर्न होस् या कुनै कार्यक्रम रेकर्ड गर्दा विद्युतको आपूर्ति सहज हुनुपर्छ । कार्यक्रम छायांकन गर्न उपयुक्त स्थल क्यामराहरुको उचित मात्रामा प्रबन्ध हुनुपर्छ । ‘साझा सवाल’ पनि शुरु शुरुमा रेडियो कार्यक्रम थियो । पछि आएर टि भि मा पनि प्रस्तुत गरिएको हो ।



=====रेडियो र टि।भिमा भाषाको प्रयोग कस्तो हुनुपर्छ ?

भाषाको प्रयोग भन्नुपर्दा त आजभोली प्लस टू जेनेरेशनहरु जब आयो त्यसपछि अंग्रेजीको प्रयोग बढेको छ । अंग्रेजी भाषा नमिसाए त श्रोता दर्शक नै हुदैनन् भन्ने सोच रहेको छ । नेपाली मिडियाका लागि सतप्रतिशत नेपाली भाषा हुनुपर्छ तर अहिले अंग्रेजी एकदमै बढेको छ । नेपाली मिडियाका लागि सकेसम्म नेपाली भाषाको प्रयोग राम्रो हो । जसरी अंग्रेजी मिडियाले सतप्रतिशत अंग्रेजी भाषा प्रयोग गर्दछन् ।


=====टेलिभिजनका लागि पहिले नै कअचष्उत लेखेर दृश्यहरु कैद गर्ने, रिपोर्टिङ गर्ने गरिन्छ कि कस्तो हुन्छ ?

पहिले नै कअचष्उत लेखेर रिपोर्टिङमा जाने त होइन, तैपनि ठण्डा दिमाग लिएर रिपोर्टिङमा जाने अडियो भिडियो कैद गर्ने हो । त्यसपछि Script लेख्ने । मानौं लोडसेडिङको बारेमा रिपोर्टिङ गर्नुप¥यो भने पहिला त लोडसेडिङले कहाँ कहाँ असर गरेको छ त्यहाँको दृश्यहरु कैद गर्न क्यामरा तयार छ छैन, त्यहाँ जानसक्ने अवस्था छ छैन बुझ्नुपर्छ ।



====कार्यक्रम तयार पार्दाका पूर्व तयारीहरु के के हुन् ?

कार्यक्रम तयार पार्दा शुरुवातमा Pre-production, Production / Postproduction को अवस्थालाई ख्याल गर्नुपर्छ जस्तो कि आज एउटा कार्यक्रम बज्दैछ, त्यो शिक्षा क्षेत्रअन्र्तगत सरकारी विद्यालय जुन क्वालिटी शिक्षा छैन भनिन्छ तर निःशुल्क छ र निजी विद्यालय जुन क्वालिटी शिक्षा छ भनिन्छ तर महङ्गो छ, यसै विषयलाई लिएर मैले रातो बंगालाका प्रिन्सिपल ।।।।।।।।।।।।।।।। सँग छलफल गरेको छु । यस कार्यक्रम तयार पार्दा शिक्षा क्षेत्रसँग संबन्धित विज्ञहरु, सरकारी तथा निजी विद्यालयका शिक्षक,अभिभावक, जि।शि।अ।, ब्यावसन र एनब्यावसनका प्रतिनिधिहरुसँग छलफल गरेको छु । शिक्षा क्षेत्रसँग संम्बन्धित पत्रपत्रिकाहहरु, म्यागजिनहरु पढ्नुप¥यो, शिक्षा क्षेत्रमा के कस्ता समस्याहरु छन् ? के कस्ता विषयहरु उठेका छन् थाहा हुनुप¥यो र यी कुराहरुलाई अध्ययन गर्नुप¥यो । म चांहि कार्यक्रम रेकर्ड हुने अघिल्लो दिनदेखि नै कहिं जान्न, मनलाई कुर्न तनावको महशुस नगरी Fresh भएर बस्छु , जबकि कार्यक्रम संचालन गर्दा ति कुराहरु दिमागमा आओस् ।

=====कार्यक्रम अघिल्लो हप्ता नै सेटिंङ हुन्छ कि कस्तो हुन्छ ?

कहिलेकांही पहिले नै तयार गरिन्छ । विशेष गरी राजनैतिक विषयमा अघिल्लो हप्ता नै गर्दा फेल खान सक्छ । किनकी राजनैतिक दलका नेताहरु एक दिन एक थोक बोल्यो भने अर्को दिन अर्के कुरा बोल्दछन् । तर पनि हामी सोमवार यो विषयमा प्लान गर्छौै भने बुधवार विहीवारतिर रेकर्ड गर्छौ ।


=====“साझा सवाल” कार्यक्रम रेकर्ड भएको स्थलमा हामी पनि जानसक्ने अवस्था हुन्छ ?

जान सकिन्छ । किन नसकिनु ? सर्वप्रथम हामी विषय छान्छौं, श्रोता दर्शकको छनौट गछौं । बन्द हल छ भने क्षमताअनुसार श्रोता दर्शकहरु रहन्छन् भने ओपन ठाउँमा भयो भने जति पनि रहन्छन् । जबकि हामीले केही समय पहिले हुम्लामा कार्यक्रम गर्दा पन्ध्र सयको हाराहारीमा श्रोता दर्शक उपस्थित थिए ।



=====“साझा सवाल” कार्यक्रममा एक राजनैतिक दललाई समावेश गर्दा एकपक्षिय भयो भन्ने आरोप आउँदैन ?

यस्तो धेरै चाहिं आउँदैन, त्यो त राजनैतिक दलका नेता तथा कार्यकर्ताले नै हाम्रो नेतालाई अप्ठ्यारो पारीदियो भन्ने खालको कुरा हो । पत्रकारले कुनै पक्षप्रति Position लिनुहुदैन । पत्रकारीता निष्पक्ष हुनुपर्दछ ।


=====हामी अहिले पत्रकारीता लिएर पढिरहेका छौं जबकि कुनै मिडियामा आबद्ध नभएको अवस्थामा के गर्न सकिन्छ ?

भित्रदेखिको गर्छु भन्ने आत्मविश्वास हुनुप¥यो, संघर्ष गर्न नडराउने र नियमित काम गर्न सक्छु भन्ने विश्वास हुनपर्छ। दुई चार ओटा जुत्ताको तलुवा खिइयोस, मोजा च्यातिओस् तैपनि दृढ इच्छाशक्तिका साथ लागिरहने गुण हुनुपर्छ । बि।ए। तेस्रो वर्षमा Internship शुरु हुन्छ । यो नै विद्यार्थीहरुका लागि मेजर कुरा हो । दुई तीन महिनाको समयमा राम्रो मिडिया छान्ने, दुःख गर्ने, त्यतिखेर एक मिडिया र अर्को मिडियाबीचको संबन्ध थाहा हुन्छ, अनुभव बटुलिन्छ । राम्रो काम गरेमा त्यहि मिडियाले नै जागिर दिन सक्छ, नभए पनि अरु मिडियाको बारेमा थाहा हुन्छ । कुन मिडियामा खाली छ त्यसमा जान सकिन्छ ।

=====हामीले अहिले तलब लिन्न, सिक्नका लागि काम गर्छु भन्ने हो भने काम पाइन्छ ?

किन नपाइने ? पहिला त कुन मिडियामा जाने हो त्यस मिडियाको प्रमुखलाई भेट्ने र म यो यो काम गर्न सक्छु, मलाई अवसर दिनुहोस् भन्ने । त्यसका लागि त हामीले पनि सहयोग गर्न सक्छौ । कलेजले पनि सहयोग गरिदिनसक्छ ।

=====अन्त्यमा आम विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ?

विद्यार्थी भाइबहिनीहरु जो यस क्षेत्रमा पाइला चाल्दै हुनुपर्छ , तपाई पत्रकारिताको धर्म आचारसंहितालाई कायम राख्दै जुझारु भएर लाग्नुस् , देश निर्माणको लागि योगदान गर्नुस् । अन्त्यमा मेरो बारेमा जिज्ञासा राखी केही कुराहरु बोल्ने अवसर दिएकोमा धेरै धेरै धन्यवाद ।
Interview : Manoj Parajuli
GAMC
Nepaltar, KTM

0 comments: