कलेजका घण्टीहरु हाप्न पनि नपर्ने । त्यसमाथि को कति सेक्सी आउट डेस्रमा डेटिङ । फिटिङका पाइन्ट र फिटिङका मायाका सिटिङ । अनि बिहानै मन्दिरमा देवताका कामोत्तेजना आउने टुँडालले बाँध्छ मायाहरुलाई । टुँडाल राख्नेहरुले मन्दिरमा चट्याङ नपार्न यसो गरेका रे ! यो विचरो योङ जेनेरेसनलाई यो कहानी के थाहा उनीहरुलाई काउकुती लागेर आउँछ टुँडाल हेर्दा । भगवानहरु पनि कति छिल्लिएका कोही कता फर्केर कोही कता फर्काएर के गरेको त्यो लाजै लागेर आउने ! अनि भगवानहरु बदमास मूर्ति बनाउने रु कि हामी मायालुको हात समाउँदै मन्दिर पुग्ने बदमास मूर्तिले पनि मनमा नराम्रो चट्याङ पार्छ । अनि एक अँगालो मायाको भारी बोकेर कुद्छन् मन्दिरबाट कतै भारी बिसाउन । मायाको स्वाद मिसाउन ।
बिल्कुल, कलेज होलिडे छ । स्कुलेहरु पनि भ्याकेसन होमवर्क सकेर फ्रि छन् । अभिभावकले छाडा छोडेका छन् । मन्दिर जाने भनेर सिनेमा गए पनि भएको छ । सेकुवा कर्नरमा घुसेर एक हाप खसीको सेकुवा र एक क्यान बियर पिए पनि भएको छ । कर्नरको सेकुवा पसलमा लास्ट बेन्च । पर्दाले हल्का बेरेर बारिएको एउटा सानो कर्नर जहाँ धित मारेर माया गर्नेहरुलाई ठूलो मैदान । क्यान बियरको चुस्की सेकुवाको स्वाद । प्यासा दिलहरु सावासावा हुन लालयित छन् । पुलकित नजरहरुले चिउँडोदेखि नयनस्पर्श गर्छन् । अलि वर आउन कथा सुरु हुन्छ मुन्नी र मुन्नाहरुको ।
ऋतुका हिसाबले शरद ऋतु मायाको खेतीपाती गर्ने मौसम नै हो । त्यसमाथि मान्छे सेकुवा वासी भएपनि तातो झिरमा उनेर आगाका भुंङ्रोमा तताएर ट्वाक्क जिभ्रो पड्काउँदै खाने लोभ गर्छ । बेफिक्री घुमघाम । थाहा छैन कसको कतिऔँ लभ हो यो । पुराना कुरा सोध्न भएन । फ्रीजमा राखेको वासी भएपनि कोइलामा पोलेपछि सेकुवा तातो र फ्रेस भएझैँ हेर्दा सबै नयाँ र सेक्सी लाग्छन् । यसपालिको चाडवाडमा यहीसँग उडान भर्न पाए पुग्छ । मनको लालसा यति नै हो । सेकुवा फेरिफेरि खानुपर्छ । मुन्ना र मुन्नीले सोचेका यही छन् । तर भन्न सक्दैनन् । मायाको माहौल । त्यसमाथि फेसबुकमा इन्भाइट र एसएमएसको वर्षा । कुर्कुरे मनहरु लछप्पै भिज्छन् मायाले । अनि सेकुवा कर्नरको भेटघाटसम्म पुग्दा मायाको अन्तिम निष्कर्ष निकाल्न लालयित हुन्छन् जोडीहरु । मायाको यामले धेरैलाई अहिले मन्दिर पुर्याएको छ । धेरैलाई सेकुवा कर्नर पुर्याएको छ र धेरैलाई सिनेमा हलमा अँगालो मारेर दबङ हेर्ने बनाएको छ । आखिर जो छ संसार मायामै छ । मुन्नी र मुन्नालाई फेरि माया गर्न विदा नै कहाँ मिल्छ र यसरी
हुन त गुनासो कसैसँग केही गनुपर्ने छैन । गुनासो गरेर पनि के हुन्छ अभिभावकलाई चिन्ता छैन । माया गर्नेहरु मख्ख छन् । उनीहरुलाई यौन प्रजनन स्वास्थ्यका बारेमा थाहा नभए पनि मायाको अनुभव गर्ने हतारो छ । आखिर कोहीलाई भने दहीमा चिनी मलाई भने पानी नि नदिने भनेर मन परेको मान्छेलाई गुनासो गर्न कहाँ नै दिन हुन्छ र एकपटक माया लगाएपछि फेरि कल रिसिभ गर्ने नगर्ने सोचौँला । माया महँगो परे एबोस्रन सेन्टर पुगौँला । अहिलेलाई बुझौँ मायाको याम आएको छ र माया गर्नेहरुलाई स्थानको अभाव छ । यत्रो माया गर्ने उमेरकाहरुलाई माया गर्ने ठाउँ कहाँ छ, त्यही मन्दिर, त्यही सिनेमा हल, त्यही सेकुवा कर्नर । धित मारेर माया गर्नेलाई लभर्स पार्कको अभाव छ हामीकहाँ । त्यसैले त बाइकमा बाउ छोरी उमेरकी ठिटी च्यापेर नगरकोट हान्निएको छ । छोरी कुनै मुर्गा खोजेर बाइकमै नगरकोटकै एउटा होटलमा रात बिताउन गएको छ । आमा पनि के कम । छिमेकमै भजनकीर्तनका नाममा माया जोड्न रातभर जाग्राम बसेकी छन् । आखिर संसार माया नै मायाको भकारी हो । जति माया गरे पनि नसकिने मायाको समुन्द्रमा एकपटक डुबुल्की मार्नेहरुलाई शरद ऋतुले झन साथ दिएको छ । तपाइँ जसलाई फोन गर्नुस् , भन्छ उ म मिटिङमा बिजी छु । तर नेपथ्यमा गीत गुन्जिरहेको हुन्छ मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए । जब मायामा सब बदनाम हुन लालियत छन् भने समाज सेक्सिलो भयो भनेर तपाइँ हामीले चिन्ता गरेर हुन्छ ।
--
Govinda Baniya
Marketing Officer
Nepaliheadlines.net
New Baneshwor Kathmandu
Mobile : ९८४१४७३००२
Pulachaur 7 Myagdi
WEBSITE
Marketing Officer
Nepaliheadlines.net
New Baneshwor Kathmandu
Mobile : ९८४१४७३००२
Pulachaur 7 Myagdi
WEBSITE
0 comments:
Post a Comment