---Sarita Thapa
हामी बिहान उठ्ने बित्तिकै दिनभरिका योजनाहरुबारे विचार गर्छौ । ओछ्यानबाट ओर्लेपछि
घरपरिवारका सदस्यहरुसंग कुराकानी गर्छौ । अधिल्लो दिनभरिका अथवा त्यसै दिनका
भाइसंग वा स्वदेश तथा विदेश कतै टाढाको कुराको जानकारी लिन टेलिफोन सन्पर्क गर्छौ ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म हामी कुनै न कुनै तरिकाबाट सञ्चार प्रक्रिषमा
संग्लग्न भईरहेको हुन्छौँ । मानिसको जन्मदेखि मृत्युसम्म सञ्चार एक अनिवार्य अंगका रुपम
रहेर जोडिएको हुन्छ । सञ्चारका
साधनबाट केही समय अलग बस्नु पर्यो भने पनि हामीलाई
के के नपुगे जस्तो अनुभव हुन्छ । सञ्चार मानवका लागि मात्र कहाँ हो र पशुपन्श्रीलाई पनि
आवश्यक कुरा हो । उनीहरुले आफ्नै तरिकाले एक अर्काबीच सञ्चार गरिरहेका हुन्छन् ।
ढुङ्गे युगमा गुफा भित्र लेखेर सुरु भएको सञ्चार आधुनिक युगमा आईपुग्दासम्म निकै
विकास भईसकेको छ ।
अहिलेको इमेल,इन्टरनेट र भिडियोफोनको युगमा आउनका लागि धेरै वर्ष लागेको छ
पहिले ढुङ्गे युगमा वरिपरिको वातावरण थाहा पाउनका लागि पनि चित्र वा संकेतको सहारा
लिनु पथ्र्यो, त्यो सञ्चाले पनि मानिसलाई सजिलो बनाएको थियो । अहिले रेडियो, टि.भी, अखबार
आदी साधनहरु आएको छ नयाँ नयाँ आविस्कारका रुपमा भूउपग्रह सञ्चालनमा आएको छ ।
पहिले महिनौँ लगाएर हुलाकमार्फत चिठ्ठिचपेटा गर्ने ठाउँमा अहिले तत्काल इमेल पठाउन सकिन्छ । कम्प्यूटरस्क्रिन् अगाडि बसेर आफूले चाहेका मानिससंग च्याटमा कुराकानी गर्न सकिन्छ,जसलाई फोन गरेको हो उसलाई हेर्न सकिन्छ । सञ्चार क्षेत्रमा भएका क्रान्तिबाट नेपाल पनि अहुतो छैन ।
| Digital System. photo: M.C Chauthanga |
सञ्चारमाध्यमले हाम्रो जस्तो मुलुकमा अशिक्षाले हुने गरेका कुरीतिलाई पनि हटाउने काम गर्छ । काठमाण्डौँको नजिकै भएर पनि नुवाकोटको कागती गाउँमा बालविवाह प्रथा कायममै थियो तर अब सञ्चारमाध्यमको आँखा त्यतातिर पर्यो, त्यहाँ भएको बालविवाहबारे सबैले लेखे,प्रसारण गरे । त्यसपछि बालबालिकासम्बन्धी थुप्रै गैरसरकारी संस्था पनि त्यहाँ पुगे,बालविवाह गैसरकारी हो , परम्पराका नाममा यसो गरिनु हुदेन भन्ने चेतना दिए,जसबाट त्यहाँ श्री पञ्चमीका दिन हुने बलामी बालबालिकाका विवाह क्रमशः हट्दै गएको छ । यस्तै तराईमा बोक्सीको आरोपमा असहाय महिलालाई प्रेरित गर्ने चलन सदियौँदेखि चल्दै आएको थियो तर जब त्यस कुराका बारेमा आमसञ्चारका माध्यमले प्रकाशन–प्रसारण गरे । बोक्सीको आरोप लगाउनेहरुले कानुनी कारवाही भोग्न बाध्य भए र पिडितले समाजमा सम्माजित भएर बाच्ने मैका पाउन थाले । रेडियो नेपालले हरेक दिन साँझ कृषि कार्यक्रम प्रसारण गर्दछ । जसलेगर्दा कृषकहरुले त्यस अनुरुप नै खेतीगर्न सक्छ र आफ्नो जीवनस्तरमा सुधार ल्याउन सक्छन् । यसकारण आमसञ्चारमाध्यमको भूमिका हाम्रो जस्तो विकासोन्मुख देशका लागि त झनै महत्वपुर्ण हुन्छ ।
1 comments:
Post a Comment